आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेशनल प्याब्सन परवानीपुर गाउँपालिकाको अध्यक्षमा प्रभुनारायण प्रसाद यादव चयन

अखिलेश कुमार यादव २०८० भाद्र २२, शुक्रबार (८ महिना अघि) ६४ पाठक संख्या

बारा : राष्ट्रिय निजि तथा आवासीय बिद्यालय एशोसियसन नेपाल (नेशनल प्याब्सन) परवानीपुर गाउँपालिकाको अध्यक्षमा प्रभुनारायण प्रसाद यादव नर्बिरोध चयन भएका छन् ।शुक्रबार दिल्ली पब्लिक स्कूल परवानीपुरको प्राङ्गनमा नेशनल प्याब्सन बाराले आयोजना गरेको गाउँपालिकाको अधिवेशन बाट यादव अध्यक्षमा चयनमा भएका छन् ।

 

 

नेशनल प्याब्सन परवानीपुर गाउँपालिका अध्यक्षमा प्रभुनारायण प्रसाद यादव सहित सचिवमा धिरेन्द्र कुशवाहा,कोषाध्यक्षमा राजीव आनन्द,सदस्यमा सत्यनारायण साह,राजकिशोर साह नर्बिरोध चयन भएका छन् ।नेशनल प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुशवाहको प्रमुख अतिथ्यतामा गरिएको गाउँपालिका अधिवेशनमा पुनदेव चौधरी संयोजनमा र प्रवक्ता मंग्र्श्वर प्रसाद यादवको बिशिस्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

 

 

उक्त अधिवेशनमा बोल्दै नेशनल प्याब्सन बारा का अध्यक्ष प्रभुलाल कुशवाहाले देशको संरचनामा परिवर्तन भए संगै स्थानीय तहमा नेशनल प्याब्सनको प्रतिनिधित्व रहन नेशनल प्याब्सन बाराले बारामा रहेका बिभिन्न नगरमा नगर कमिटि गठन गर्दै आईरहेको र सोहि अनुसार परवानीपुर गाउँपालिका कमिटि गठन गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस