आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुई समुदायबीच भएको विवादका कारण सर्लाहीको मलंगवामा कर्फ्यू जारी

एपी खबर २०८० भाद्र २३, शनिबार (८ महिना अघि) ८१ पाठक संख्या

सर्लाही – सर्लाहीको सदरमुकाम मंलगवामा कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको हो । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा हिजो बेलुका दुई पक्षबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि कर्फ्यू आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

 

 

उनका अनुसार आज साँझ पाँच बजेदेखि सुरु हुने कर्फ्यू भोलि बिहान ८ बजेसम्म जारी रहनेछ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा हिजो बेलुका मलंगवामा दुई समुदाय बीच झडप र ढुंगामुढा भएको थियो । सो असहज स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर समेत गरे पनि अवस्था नियन्त्रणमा नआए पछि कर्फ्यु लगाउनु परेको प्रजिअ यादवले जानकारी दिए । यद्यपि, जिल्ला प्रशासन कार्यालयले आज दिउँसो सर्वदलीय र सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस