आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

खानेपानी उपभोक्ता तथा सरसफाई समिति पथलैयाको २५ औं बार्षिक साधारणसभा सम्पन्न

एपी खबर २०८० भाद्र २३, शनिबार (८ महिना अघि) १५४ पाठक संख्या

बारा: बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१ मा रहेको खानेपानी उपभोक्ता तथा सरसफाई समिति पथलैयाको २५ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । बारा क्षेत्र नं.४का संघिय सांसद कृष्ण कुमार श्रेष्ठले २५ औं बार्षिक साधारणसभाको उद्घाटन गर्नु भएको थियो ।

 

 

प्रमुख अतिथी समेत रहनु भएका सांसद श्रेष्ठले पथलैयाको पानी लगेर अमलेखगजंका जनतालाई ख्वाउने काम गरिने बताउनु भयो । “अमलेखगजंका जनाताले बषौंदेखी भोग्दै आईरहनु परेको खानेपानीको समस्या समाधानका लागि पथलैया खानेपानीलाई बलियो बनाउन आफुले पहल गर्ने उहाँले बताउनु भयो ।

 

कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल , उपप्रमुख भोला प्रसाद अधिकारी, शसस्त्र प्रहरी उपरिक्षक नानीराम हुमागाँई, खानेपानी डिभिजन कार्यालय बाराका निमित प्रमुख किशोरी प्रसाद यादव,पूर्व प्रदेशसभा सदस्य शोभा लामा,वडा अध्यक्ष हिरा बहादुर गुरुङ्ग लगायतकाले मन्तब्य राख्नु भएको थियो ।

 

उपभोक्ता समितीले बार्षिक साधारणसभासँगै अधिवेसन गरेर आगामी ४ बर्षका लागी १५ सदस्य नयाँ नेतृत्व चुन्ने भएको छ । त्यसका लागि सहमतीको प्रयास भैरहेको छ । खानेपानी पथलैयाको नेतृत्वका लागि विभिन्न पार्टीमा आस्था राख्ने र स्वतन्त्र गरी आधा दर्जन आकांक्षी देखीएका छन् । सहमती हुन नसके केही दिन भित्र चुनाव गरी नेतृत्वको टुङ्गो लगाईने समितिका पूर्व अध्यक्ष समेत रहनु भएका वडा नं.१ का अध्यक्ष हिरा बहादुर गुरुङ्गले बताउनु भयो ।

 

२०५२ सालमा स्थापना भएको उपभोक्ता समिती पथलैयामा हाल करिब ६०० जना सदस्य छन् । २ लाख ५० हजार लिटर क्षमताको ओभरहेड टेकंबाट पथलैयामा खानेपानी सेवा वितरण हुँदै आएको उहाँले जानकारी दिनु भयो ।कार्यक्रम खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुरेश कुमार लामा अध्यक्षतामा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस