आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बिल बिजकभन्दा बढी लत्ताकपडा तथा खुद्रा सामान बोकेको मालवाहक ट्रक नियन्त्रणमा

एपी खबर २०८० भाद्र २५, सोमबार (८ महिना अघि) १०८ पाठक संख्या

वीरगञ्ज – बिल बिजकभन्दा बढी लत्ताकपडा तथा खुद्रा सामान बोकेको मालवाहक ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। बिल बिजकभन्दा बढी सामान लिएर वीरगञ्जबाट बाँकेतर्फ ट्रक जाँदै गरेको सूचनाको आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित सडकखण्डमा चेकजाँच गरेको थियो।

 

भे.१ ख ३१९४ नम्बरको मालवाहक ट्रकलाई जाँच गर्ने क्रममा त्यसमा लोड गरिएको मालबस्तु बिलबिजकभन्दा बढी देखिएकोले प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ट्रक र सोमा लोड गरिएको लत्ताकपडा तथा खुद्रा सामान मूल्य ७५ लाख ९२ हजार ७२४ रुपैयाँ बराबर रहेको तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी कुमारविक्रम थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस