आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सामा भन्सार छली घरमा लुकाइ राखेकाे आठ सय किलो काजु बरामद

एपी खबर २०८० भाद्र २६, मंगलबार (८ महिना अघि) ७२ पाठक संख्या

पर्सा – प्रहरीले पर्सामा भन्सार छली घरमा लुकाइ राखेकाे आठ सय किलो काजु बरामद गरेका छन् ।पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरङ्ग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भित्र्याएर घरमा लुकाइ राखेकाे काजु प्रहरीले बरामद गरेकाे हाे ।

 

भन्सार अधिकृत दीपेन्द्र शर्मासहितको प्रहरी टोलीले बरामद गरेको करिब सात लाख २० हजार रुपैयाँ बराबरको काजुलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस