आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बडहर्वामा हेल्थ क्लिनिक तथा डाईगोनोस्टीक सेन्टर संचालनमा,स्थानीयहरू हर्षित

एपी खबर २०८० भाद्र २६, मंगलबार (८ महिना अघि) ९४ पाठक संख्या

बारा : जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८को बडहर्वामा सोमबारबाट मिडास हेल्थ क्लिनिक तथा डाईगोनोस्टीक सेन्टर संचालनमा आएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ का अध्यक्ष चतुरबाबु वाग्लेले ल्याव, एक्सरे र ३ बेड सहितको हेल्थ क्लिनिकको रिवन काटेर उद्घाटन गर्नु भएको थियो ।

 

आकस्मीक र प्रसुती सहित २४ सैं घण्टा सेवा दिनेगरी क्लिनिक संचालनमा ल्याएईको हो । क्लिनिक कलैया निवासी नागरिक समाजका अध्यक्ष उमेशलाल दासका कान्छा छोरा डा. प्रतिक कुमारले संचालनमा ल्याउनु भएको हो ।डा. प्रतिक नेपाल मेडिकल कलेजबाट एमविविएस उतिर्ण गरी विगत ५ बर्षबाट देशका विभिन्न जिल्लामा कार्य अनुभव हाँसिल गरि हाल जितपुरसिमरा अस्पतालमा कार्यरत हुनुहुन्छ । उहाँ र डा. प्रिन्स तिवारीले पालैपालो सेवा दिने गरी हाल क्लिनिक संचालनमा ल्याईएको हो ।

 

सामान्य समस्या लिएर यहाँका मानिस विरगजं, हेटौंडा, भरतपुर तथा काठमाडौं थाउने गरेको पाईयो । सामान्य समस्यालाई स्थानिय स्तरमै समाधान गरी सुलभ र सहज सेवा दिने उदेश्यले बडहर्वामा क्लिनिक खोलेको हुँ, उहाँले भन्नु भयो ।२४ घण्टे सेवा सहित विभिन्न रोग सम्बन्धी विशेषज्ञहरुको उपस्थीतमा सातै दिन यहाँका जनतालाई सेवा दिने ब्यवस्था मिलाउने छौं ,डा. प्रतिकले भन्नुभयो ।

 

मिडास हेल्थ क्लिनिक तथा डाईगोनोस्टीक सेन्टर उद्घाटन कार्यक्रममा डा. प्रतिकका परिवारका सदस्यहरु, जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८का पूर्व अध्यक्ष अर्जुन प्रसाद दाहाल, पत्रकार पुष्पराज खतिवडा, सामाजिक अगुवा प्रमोद प्रसाद पौडेल, राम बहादुर कार्की ,स्वास्थ्य कर्मीहरु लगायत स्थानियको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस