आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मधेश प्रदेश सांसद विन्दुकुमारी यादवको निधन

एपी खबर २०८० भाद्र २६, मंगलबार (८ महिना अघि) ४९ पाठक संख्या

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) की मधेश प्रदेश सांसद विन्दुकुमारी यादवको निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगले ग्रसित यादवको आज बिहान जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।पाठेघरको मुखको क्यान्सरबाट ग्रसित उनको लामो समयदेखि उपचार चलिरहेको थियो।

 

यादव गत निर्वाचनमा जसपाबाट समानुपातिक सांसद बनेकी थिइन् । ४१ वर्षीया यादवले २०७२ सालको मधेश आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस