आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हिन्दू मुस्लिमलाई लडाएर दंगा फैलाउनेलाई गोली हान्ने मुख्यमन्त्री यादवको चेतावनी

एपी खबर २०८० भाद्र २७, बुधबार (८ महिना अघि) ६५ पाठक संख्या

बारा : बारा जिल्लाको बारागढि गाउँपालिकाको वडा न १ मा मंगलबार नुरी जामा मस्जिदको उद्घाटन गरिएको छ । मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवले एक कार्यक्रमको बीच जामा मस्जिदको उद्घाटन गर्नु भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री सरोज कुमार यादवले हिन्दू र मुस्लिमबीच दंगा फैलाउनेलाई गोली हान्ने चेतावनी दिएका छन् ।

 

 

मुख्यमन्त्री बनेको एक महिनापछि केहि हिन्दुवादीहरु भेट्न आएको र उनीहरु हिन्दूमाथि अत्याचार हुने गरेको गुनासो गरेको प्रसँग केलाउँदै मुख्यमन्त्री यादवले भने, ‘गलत गर्नेतर्फ लागिए लाठीले मात्र होइन्, गोलीले ठोक्न सुरु भइहाल्छ । यो प्रदेशमा कुनै किसिमको दंगा हुनु हुँदैन् । मन्दिर, मस्जिद, कब्रास्थानसहितका कामका लागि यसवर्ष १० करोड बजेट छुट्याएको पनि मुख्यमन्त्री यादवले बताए । उक्त उद्घाटन कार्यक्रममा बारागढी गाउँपालिकाको अध्यक्ष अशोक कुमार जयवसवाल,उपाध्यक्ष लक्ष्मी देवी राय,वडा न १ को वडाध्यक्ष सुरेश कुमार चौधरी लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस