आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा द्वारा बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

एपी खबर २०८० भाद्र २९, शुक्रबार (८ महिना अघि) १४४ पाठक संख्या

बारा : बारामा पनि ५९ राष्ट्रिय बालदिवश बिभिन्न कार्यक्रमको आयोजना गरेर मनाईएको छ । बाराको सिमरा स्थित रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले बालदिवसको अवशर पारेर बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।विद्यालयबाट सरूवा भएका शिक्षकहरूलाई बिदाइ सहित शिक्षक पेसाबाट अनिवार्य अवकाश भएका शिक्षकहरूलाई नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयले सम्मान गरेको हो ।

 

बाल दिवसको अवसरमा भएको उक्त कार्यक्रममा २०७९ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू र उत्कृष्ट नतिजा ल्याउन सफल भुमिका खेलेका शिक्षक शिक्षिकाहरूलाई नगदसहित सम्मान गरको छ ।जीतपुरसिमरा वडा न २ को कार्यालयको आर्थिक सहयोगमा भएको सम्मान तथा बिदाइ कार्यक्रममा १० जना सरूवा भएका शिक्षक र ३ जना अनिवार्य अवकाशप्राप्त शिक्षकलाई सम्मान तथा बिदाई गरिएको थियो ।

 

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष श्रेष्ठले स्कुलको विकासका लागि वडा कार्यालय हरदम सकरात्मक रहेको बताउनुभएको थियो । उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गर्दा अन्य विद्यार्थी र शिक्षकहरूमा सकरात्मक असर पर्ने भएको हुनाले वडाको बजेटबाट आजको सम्मान तथा बिदाइ कार्यक्रम गरिएको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस