आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अपराधिक क्रियाकलापको नियन्त्रणमा कुनै सम्झौता नगर्ने :एसपी काफ्ले

अखिलेश कुमार यादव २०८० भाद्र २९, शुक्रबार (८ महिना अघि) १४१ पाठक संख्या

बारा : जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले अपराधिक क्रियाकलापको नियन्त्रणमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन ।

हालै दाङ बाट सरुवा भएर बारा जिल्लामा आएका एसपी काफ्लेले शुक्रवार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार भेटघाट तथा परिच्यात्मक कार्यक्रम गर्दै जिल्लामा शान्ति सुरक्षा कायम गर्नुकाे साथै अपराधन तथा अपराधिक घटनाको अनुसन्धानमा दृढताका साथ लाग्ने बताए ।

 

उनले भने, नेपाल प्रहरीको मुख्य कार्य अनुसन्धान गर्ने पाटो भएकोले निश्पक्ष रुपमा अनुसन्धानको कार्यलाई अगाडी बढाउँछौ यसमा बारेली संचारकर्मीहरुको सहयोगको अपेक्षा गरेको छु ।”

 

 

छिमेकी राष्ट्र भारतसँग खुला सिमाना जोडिएको जिल्लामा केही बढी चुनौती भएपनि यहाँका पत्रकारहरुको सहयोग प्राप्त हुने एसपी काफ्लेको विश्वास छ ।प्रहरी र आम जनता बिचको पहुँचलाई अझै सरलताको साथ अगाडि बढाउन पत्रकारहरुले एसपी सुरेश काफ्ले संग आग्रह समेत गरे।

 

 

 जिल्ला प्रहरी कार्यालयकाे आफ्नै कार्यकक्षमा एसपी काफ्लेले गरेकाे पत्रकार भेटघाट तथा परिच्यात्मक कार्यक्रम जिल्ला प्रहरी कार्यालय बाराका  प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक दधिराम न्युपाने लगायत बाराका संचारकर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस