आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा छुरा प्रहार गरि एक युवकको हत्या, हत्याको आरोपमा २ जना पक्राउ

अखिलेश कुमार यादव २०८० भाद्र ३०, शनिबार (८ महिना अघि) ८२ पाठक संख्या

रौतहट : रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य गरिएको छ ।कटहरिया नगरपालिका ५ मा शुक्रबार बेलुका छुरा प्रहार गरि २५ वर्षीय सनील राय यादवको हत्या गरिएको छ ।

 

शुक्रवार बेलुका साढे सात बजे दुई पक्षबीच भएको झडपमा छुरा प्रहारबाट यादवको हत्या भएको प्रहरीको भनाई छ । कटहरियास्थित खानेपानी कार्यालय छेउमै सुनील यादवका दाजुभाई र अर्को पक्षबीच भनाभन हुँदै झडप भएको थियो। झडपको क्रममा विपक्षीले सुनील यादवको देब्रे कोखामा धारिलो हतियार छुरी प्रहार गरेपछि उनी भुँईमा लडेर अचेत भएका थिए। लगत्तै स्थानीयले उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको रौतहट प्रहरीले बताए।

 

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कटहरिया ५ का रामबाबु साह सोनारका २५ वर्षीय छोरा बद्री साह सोनार र उनका काका लक्षमी साहको छोरा २३ वर्षीय किसन साहलाई नियन्त्रणमा लिएको छ। मृतक यादवको शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए।

 

 

प्रतिक्रिया दिनुहोस