आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महोत्तरी बाट दुई क्विन्टलभन्दा बढी गाँजासहित दुई युवक पक्राउ

एपी खबर २०८० आश्विन ३, बुधबार (८ महिना अघि) ७५ पाठक संख्या

महोत्तरी – महोत्तरी प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका- ७ बस्ने २३ वर्षीय जीवन तामाङ र महोत्तरीको जलेश्वर नगरपालिका ७ बस्ने २५ वर्षीय सुरेन्द्र दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

 

 

जलेश्वर १ स्थित महादेव मन्दिर नजिक जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीको गस्ती टोलीले बा प्र ०१-०२६ च ४९२१ नम्बरको पिकअप गाडीलाई शंकाको आधारमा चेकजाँच गर्दा लागूऔषध गाँजा १४ पोकामा अन्दाजी २१० किलो बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस