आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सडकमा छाडा चौपायाका कारण सवारी साधन आवागमनमा असर

अखिलेश कुमार यादव २०८० आश्विन ४, बिहिबार (७ महिना अघि) ११९ पाठक संख्या

बारा ः जिल्लाको बजार क्षेत्रका सडकमा छाडा चौपायाका कारण सवारी साधन आवागमनमा असर परेको छ। जिल्लाको मुख्य नगर बरियारपुर, जीतपुर ,सिमरा , नितनपुर ,परवानीपुर र जिल्ला सदरमुकाम कलैयासहितका नगरपालिका क्षेत्रका सडकमा छाडा चौपायाले गर्दा बाटो काट्न र हिँड्न कठिन भएको छ।हिजो आज चौपाया छाडा छोड्ने चलन बजार क्षेत्रमा निकै बढेको छ। चौपायामध्ये सडकमा धेरैजसो गाई देखिने गरेका छन्। दुई÷तीन गाईसँगै बाछाबाछी र गाई पछ्याउने साँढेले सडक ढाकेर हिँड्दा यात्रुलाई बाटो काट्न र सडक ट्राफिक व्यवस्थापनमा समस्या बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।जिल्लाका मुख्य बजारमध्ये जीतपुरसिमरा उपमहानगरपालिकामा छाडा पशुवस्तुको जगजगी बढी छ।दुध दिउञ्जेल गाई घरमा बाँध्ने र थाकेपछि बाछाबाछीसहित खुला छाडिदिने प्रचलनले समस्या बढाएको हो।बाराको जीतपुरसिमरा उपमहानगरको जीतपुर ,नितनपुर चौकमा बेलुका चौपाया छाडा निस्किदा बाटो काट्नमा दुर्घटना हुने जोखिम बढेको स्थानीयहरू बताएको छ ।
सडक र बजारक्षेत्रमा छाडा बजार र सडकमा छाडा छोडिएका चौपाय व्यवस्थापनमा सम्बन्धित व्यक्ति आफैंले सचेतता देखाउनु राम्रो विकल्प हुने जीतपुरसिमरा ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ता बताए । बालीनाली नोक्सान गर्ने र बजार एवम् सडक क्षेत्रमा छाडा छाडिएका चौपाया नियन्त्रणमा लिएर काञ्जीहाउसमा राख्ने र त्यसको क्षतिपूर्ति सम्बन्धित पशुधनीबाट गराउने व्यवस्था स्थानीय तह (वडासमिति) ले मिलाउनु पर्ने भए पनि जिल्लाका १६ मध्ये कुनै स्थानीय तहले यो व्यवस्था गरेका छैनन्। जिल्ला सदरमुकाम कलैयामा गाई÷बाछाबाछी र गाई पछ्याउने साँढेबाहेक सुँगुर पनि छाडा छाड्ने गरिएको पाइन्छ।

प्रतिक्रिया दिनुहोस