आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अवैध रुपमा भित्रिएको सतहतर लाख बराबरको सामान बारा प्रहरीको नियन्त्रणमा

अखिलेश कुमार यादव २०८० आश्विन ४, बिहिबार (७ महिना अघि) ६८ पाठक संख्या

बारा : अवैध रुपमा भित्रिएको सतहतर लाख सत्ताईस हजार तिन सय अठ्ठाईस रुपैया मुल्य बराबरको सामान सहितको गाडि बिहिवार बिहान ४ बजेको समयमा बारा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा न २१ अमलेखगंजमा बिलबिजक नभएको ३ वटा ट्रकमा लोड गरिएको सामान र पिकअपमा लोड गरिएको पाँचवटा गाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

 

जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय अमलेखगंज बाट संयुक्त रुपमा खटिएको टोलीले चेक जाँच गर्ने क्रममा सो मूल्य बराबरको समान प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनु भयो ।वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ ख ००८० नम्वरको ट्रकमा करिब २३ लाख १ हजार ८ सय २६ मुल्यको खुद्रा सामान रहेको प्रहरीको भनाई छ । त्यसैगरी ना ३ ख ७३११ नम्वरको ट्रकमा समेत २३ लाख २७ हजार १ सय ६० रुपैया मूल्य बरावरको सामान रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रहरीले नियन्त्रणमा लिएको ना ३ ख ४५६० नम्वरको ट्रकमा २५ लाख ९८ हजार ३ सय ४२ रुपैया बरावरको खुद्रा समान रहेका छ । त्यस्तै हेटौडा बाट महोत्तरी तर्फ जादै गरेको बा २१ च ८९९७ न को पिकअप गाडीमा अनलाईन बिल नभएको पाँच लाख मुल्य बराबरको पाँच वटा गाँई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस