आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा गोलि प्रहार गरेर एक जना भारतीय नागरिकको हत्या

अखिलेश कुमार यादव २०८० आश्विन १०, बुधबार (७ महिना अघि) १२२ पाठक संख्या

बारा : बारामा मंगलबार गोलि प्रहार गरेर एक जना भारतीय नागरिकको हत्या गरिएको छ । बाराको पचरौता नगरपालिका वडा न ६ लक्ष्मिनिया स्थित रहेको पोखरी नजिक गोलि प्रहार गरेर भारत, जिल्ला मोतिहारी, दर्पा थाना-१ , सुक्लहिया गाँउ बस्ने रामपुकार सिंहको छोरा वर्ष २२ को अजित कुमार सिंहको हत्या गरिको बारा प्रहरीले जनाएको छ ।

 

मृतक संगै २ वटा अन्तेस्ट मोटरसाईकलमा नेपाल छिरेका थियो भने मृतकको मोटरसाईकलमा सवार रहेका मोतिहारी जिल्ला निवासी सुजित कुमार सिंहले अजित कुमार सिंहलाई पछाडी बाट गोलि प्रहार गरेर हत्या गरेको र हत्या पछि पुनः उनीहरु भारत तर्फ फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ । घट्नास्थल बाट प्रहरीले एक थान गोलि र एक थान गोलिको खोका समेत बरामद गरेको छ ।

 

घट्नास्थलको सम्पुर्ण प्रारम्भिक अनुसन्धानको कार्य पश्चात शव पोष्टमार्टमको लागि नारायणी अस्पताल विरगञ्ज पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।पछिल्लो क्रममा भारतीय सिमा संग जोडेको बाराको सिमामा गोलि प्रहार गरेर हत्या गरेको घटना बढेपनि बारा प्रहरीले अझै सुरक्षा व्यवस्थामा कडाई न गरेको कारण यस्ता घटनाको संख्या बढेको स्थानीयहरुले बताएको छ ।

प्रतिक्रिया दिनुहोस