आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१३ क्विन्टल अलैची बारा प्रहरीको नियन्त्रणमा

अखिलेश कुमार यादव २०८० आश्विन ११, बिहिबार (७ महिना अघि) ९३ पाठक संख्या

बारा– बाराबाट प्रहरीले १३ क्विनटल अलैची नियन्त्रणमा लिएको छ।जिल्लाको जितपुरसिमरा उपमहानगरपाालिका–१ स्थित पथलैया चोकमा खटिएको चेकिङ टोलीले बिशेष सूचनाको आधारमा चेक जाँच गर्ने क्रममा उक्त परिणामको अलैची नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए ।

 

लमजुङबाट झापातर्फ जाँदै गरेको ना.६ ख.७१०५ नम्बरको पिकअप गाडीबाट १३ क्विन्टल अलैची बरामद भएको छ। बरामद गरिएको अलैचीको बजार मूल्य २६ लाख रहेको तथा थप अनुसनधान भइरहेको बाराका प्रहरी प्रबक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस