आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्साको बिन्दाबासिनी गाउँपालिकामा एक बेवारिसे महिलाको शव फेला

एपी खबर २०८० आश्विन १२, शुक्रबार (७ महिना अघि) ११७ पाठक संख्या

पर्सा : पर्साको बिन्दाबासिनी गाउँपालिकामा एक महिलाको शव फेला परेको छ । बिन्दाबसनी –२ ढोङ्गही खोलाको उतर किनार देखी १० फिट उतरतर्फ बेवारिसे महिलाको शव फेला परेको हो । बिहिवार बिहान ६;३० बजेको समयमा खोलाको उतर्तार्फ शव रहेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धान अधिकृत टोली घटनास्थलमा उक्त शव फेला परेको हो ।

 

उक्त शव करिब ४०/४५ वर्षकी महिलाको रहेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी कुमार विक्रम थापाले जानकारी दिए ।शव सडेगलेको अवस्थामा भेटिएको हुनाले महिलाको शव नारायणी अस्पतालको शव गृहमा राखेर अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस