आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेशनल प्याब्सन करैयामाई गाउँपालिकाको अध्यक्षमा रबिन्द्र साह चयन

अखिलेश कुमार यादव २०८० आश्विन १३, शनिबार (७ महिना अघि) ९४ पाठक संख्या

बारा : राष्ट्रिय निजि तथा आवासीय बिद्यालय एशोसियसन नेपाल (नेशनल प्याब्सन) करैयामाई गाउँपालिकाको अध्यक्षमा रबिन्द्र साह नर्बिरोध चयन भएका छन् ।शनिवार बिद्या मन्दिर स्कूलको प्राङ्गनमा नेशनल प्याब्सन बाराले आयोजना गरेको गाउँपालिकाको अधिवेशन बाट साह अध्यक्षमा चयन भएका छन् ।

 

नेशनल प्याब्सन करैयामाई गाउँपालिका अध्यक्षमा रबिन्द्र साह सहित उपाध्यक्षमा सुरेश चौधरी ,कोषाध्यक्षमा पुनदेव चौधरी,सचिवमा रामबिनय स्वर्णकार,स-सचिवमा रंदिप चौधरी ,सदस्यमा भुपेन्द्र चौधरी ,नवलकिशोर चौधरी नर्बिरोध चयन भएका छन् ।नेशनल प्याब्सन जिल्ला प्रतिनिधि विजय चौधरीको अध्यक्षता एवं नेशनल प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुशवाहको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

 

उक्त अधिवेशनमा बोल्दै नेशनल प्याब्सन बारा का अध्यक्ष प्रभुलाल कुशवाहाले देशको संरचनामा परिवर्तन भए संगै स्थानीय तहमा नेशनल प्याब्सनको प्रतिनिधित्व रहन नेशनल प्याब्सन बाराले बारामा रहेका बिभिन्न नगरमा नगर कमिटि गठन गर्दै आईरहेको र सोहि अनुसार करैयामाई गाउँपालिका कमिटि गठन गरिएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस