आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा सम्पन्न

अखिलेश कुमार यादव २०८० आश्विन १४, आईतबार (७ महिना अघि) १०६ पाठक संख्या

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ४ औराहामा रहेको घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्था स्थापना भएको ११ वर्ष पुरासँगै ११ औं साधारण सभा सम्मान तथा संस्थाको गत वर्षका विभिन्न प्रतिवेदनहरु पारित गर्दै साधारण सभा सम्पन्न भएको हो ।

 

संस्थाका अध्यक्ष कोपिला सिमखडा अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघको संचालक टेक प्रसाद चौलागाई प्रमुख अतिथ्यता एवं बारा क्षेत्र न ४ क का मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीको विशिष्ट आतिथ्यतामा भएको साधारण सभामा अध्यक्ष सहित विभिन्न प्रतिवेदनहरु सर्वसम्मत रुपले पारित भएको हो ।यस वर्ष संस्थाले करिब १८ करोडको कारोबार गरेको र ६० लाख ३७ हजार नाफा कमाउन सफल भएको संस्थाका अध्यक्ष कोपिला सिंखडाले बताउनुभयो ।। संस्थाले न्यून्तम दरमा सेयर सदस्यहरुलाई ऋण लगानी गरी उत्पादनशिल क्षेत्रमा लगानी गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व उपप्रमुख सरस्वतीदेवी चौधरी, सिमरा महिला साकोसका अध्यक्ष अनिता लम्साल, हातेमालो साकोसका सञ्चालक क्षमादेवी अधिकारी, औराहा पशुपालन सहकारी संस्थाका उपाध्यक्ष रमेशप्रसाद खरेल, औराहा उपभोक्ता सहकारी सँस्थाका अध्यक्ष पूर्णचन्द्र तिमल्सेना, प्रगतिशील सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुमारनाथ त्रिपाठी, कार्यक्रममा अन्य सहकारी तथा सघसंस्थाका प्रतिनिधि, संस्थाका लेखा संयोजक साथै सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संञ्चालन संस्थाका सचिव भवन खड्काले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस