आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा भारतीय नागरिक हत्या प्रकरणमा मृतकको श्रीमती पक्राउ

एपी खबर २०८० आश्विन १४, आईतबार (७ महिना अघि) ९० पाठक संख्या

बारा – बाराको पचरौता नगरपलिका–६ स्थित पोखरीको दिल नजिकै गोली प्रहारबाट हत्या गरिएको भारतीय नागरिकको हत्यामा संलग्नलाई बारा प्रहरीले पक्राउ गरेर आईतबार सार्वजनिक गरेको छ । असोज १० गते मोतीहारी जिल्लाको दर्पा थाना–१, सुक्लहिया गाउँ बस्ने वर्ष २२ का अजितकुमार सिंहको गोली प्रहार गरी भारतीय बोर्डर बाट करिब ७०० मिटरको दुरीमा पचरौता नगरपालिका ६ मा हत्या भएको थियो। अजित सिंहको हत्यामा भारतीय ग्याङ वार र अबैध यौन सम्बन्ध कारण देखिएको बारा प्रहरीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

 

हत्यामा संलग्न भएकी मृतक अजित सिंहको श्रीमती सोनम सहनी सिंहलाई प्रहरीले पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । मृतक सिंहको पत्नी सोनमले आफ्नै श्रीमान् अजितको हत्याको योजना बनाई भारतीय सुटरसित मिलेर हत्या गराएकोप्रहरीको अनुसन्धान बाट खुलेको छ । पक्राउ परेकी मृतककी श्रीमती सोनमको ग्याङका लिडर सुजित सिंहसित अवैध यौन सम्बन्ध भएकाले हत्या गरिएको खुलेको बारा प्रहरीले जानकारी दिए। हत्यामा संलग्न चारै जना भारतीय नागरिक भने फरार छन्। उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस