आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घण्टाघर वरिपरि जडान गरिएको बत्ती तोडफोड र चोरी गरेकाे आरोपमा दुई जना पक्राउ

एपी खबर २०८० आश्विन १६, मंगलबार (७ महिना अघि) १०४ पाठक संख्या

वीरगञ्ज – वीरगञ्जको पहिचानको रुपमा रहेको चिपरिचित घण्टाघर वरिपरि जडान गरिएको बत्ती तोडफोड र चोरी गरेकाे आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–८ का १८ वर्षीय अविनाश खत्री र भारतको मोतीहारी घर भएका १८ वर्षीय नितेश मल्लिक रहेको पर्सा प्रहरीले जनाएको छ ।दुवै जनालाई प्रहरीले घण्टाघर को क्षेत्र बाट पक्राउ गरेको हो ।

 

सीसीटीभीमा देखिएकाे दृश्यका आधारमा अनुसन्धान गर्दा खत्री र मल्लिक संलग्न रहेको निष्कर्षका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । वीरगञ्ज महानगरपालिकाले घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरेको बत्ती गएकाे शुक्रवार राति तोडफोड तथा चोरी भएको थियो ।

प्रतिक्रिया दिनुहोस