आज:  २०८१ चैत्र ३, सोमबार | Mon, 17, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

कान्तिदेवि बिनको हत्याको आरोपमा ३ जना पक्राउ

एपी खबर २०८० आश्विन १७, बुधबार ( १ साल अघि) १२२ पाठक संख्या

वीरगञ्ज – पर्साको जगरनाथपुर गाउँपालिकामा एक महिलाको घाँटी रेटी हत्या गर्ने तीन जनालाई पक्राउ गरी पर्सा प्रहरीले मंगलबार सार्वजनिक गरेको छ। घटनामा संलग्न सोही वडाका ३६ वर्षीय भुटा भनिने लालबाबु राउत बिन, ५९ वर्षीय चन्द्रिका राउत बिन र ५७ वर्षीय अमिरिका राउत बिनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।गत असोज २ गते जगरनाथपुर गाउँपालिका–५ की ५६ वर्षीय कान्तिदेवि बिनको आफ्नै घरमा हत्या भएको थियो।

 

पक्राउ परेकामध्ये चन्द्रिका र अमिरिका कान्तिदेवीका जेठाजु हुन्। तीनै जना कान्तिदेवीको घरमा पैसा चोरी गर्नको लागि छिरेकोमा पक्राउ पर्ने डरले खुर्पीले घाँटी रेटेर उनको हत्या गरेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले पत्रकार सम्मेलन गरेर जानकारी दिए। विदेशमा बस्ने कान्तिदेवीका छोराले घरमा २ लाख ५० हजार रकम पठाएका थिए।

 

सोही रकम चोरी गर्न तीनै जना अभियुक्तहरु असोज १ गते राति पौने १२ बजे उनको घर गएका थिए। घरभित्र पसेर उनीहरुले बक्सा खोतल्दै गर्दा कान्तिदेवीले देखेपछि तीनै जनाले रड र काठको फलेक प्रहार गरी पछि खुर्पीले घाँटी रेटी हत्या गरेको प्रहरी उपरीक्षक शाहले बताए। तीनै जनालाई पक्राउ गरी घटनाको सम्बन्धमा थप अनुसनधान भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस