आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ब्रहमदेव पासवानको अनुहारमा पुनः खुशी ,उपमहानगरले काजमा सिमरा स्कुलमै खटायो

एपी खबर २०८० आश्विन १७, बुधबार (७ महिना अघि) ११८ पाठक संख्या

बारा– बाराको जितपुर सिमरा उपमहानगरपालिका शिक्षक ब्रह्मदेव पासवानको अनुहारमा पुनः खुशी आएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाले नगर स्तरीय निर्णय गरेर भदौं १८ गते आफ्ना नगर भित्रका ८१ जना शिक्षकहरुको सरुवा गरेको थियो ।उपमहानगरले गरेको सरुवामा ब्रहमदेव पासवानको सरुवा हरपुर माध्यमिक बिद्यालयमा गरिएको थियो ।

 

सरुवा गरेको बिद्यालय समेत हाजिर नगराए पछि चिन्तित बनेका ब्रहमदेव पासवान फेरि खुशी भएका छन् । उनलाई उपमहानगरपालिकाले बुधबार निर्णय गरी सिमरा विद्यालयमै काजमा खटाएको हो। रमाना लिएर गएका शिक्षकलाई हाजिर नगराएपछि शिक्षक पासवा न यता न उताको भएका थिए। पढाउँदै आएको विद्यालयबाट रमाना लिएको तथा सरुवा भएको विद्यालयले हाजिर गर्न नमानेपछि समस्यामा परेका पासवान असोज ८ गतेदेखि बाध्य भई नगरपालिका कार्यालयमै हाजिरी गर्दै आएका थिए। ३९ वर्षदेखि अध्यापन गराउँदै आएका शिक्षक पासवानलाई नगरपालिकाले सोझो र मिहिनेती स्वभावका शिक्षक पासवानलाई राजनीति गरेर सरुवा गरिएपछि उनी समस्यामा परेका थिए।

 

सामाजिक सञ्जालमा पनि नगरपालिकाको चर्को आलोचना भएपछि बुधबार नगरपालिकाले पासवानलाई सिमरा स्कुलमै काजमा खटाउने निर्णय गरेको नगरपालिकाका शिक्षा शाखाका प्रमुख शिवजी प्रसादले जानकारी दिए। उनले नगरपालिकाले पासवानलाई सिमरा विद्यालयमै काजमा राख्ने निर्णय गरेको जानकारी दिए। कक्षा पाँचसम्म पढाउँदै आएका पासवानको जरुरी नभएकाले विद्यालयमा हाजिर नगराइएको हरपुर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इलियास देवानले बताएका थिए। कक्षा १० सम्म पढाउने भन्दै उक्त विद्यालयले शिक्षक पासवानलाई लामो समयसम्म हाजिर गराएको थिएन।

 

प्रतिक्रिया दिनुहोस