आज:  २०८१ जेष्ठ ११, शुक्रबार | Fri, 24, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री कृष्ण यादवलाई

एपी खबर २०८० आश्विन १८, बिहिबार (७ महिना अघि) ११३ पाठक संख्या

जनकपुरधाम – मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले पाएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार उनलाई आफू फर्कि नआउञ्जेलसम्मका लागि सो जिम्मेवारी दिएका हुन् ।

 

काम विशेषले प्रदेश बाहिर हुने भएकाले उनलाई कार्यवाहक जिम्मेवारी तोकिएको जनाइएको छ । मन्त्री यादवलाई मधेश प्रदेश सरकार (कार्य सम्पादन) नियमावली, २०८० को नियम १४ को उप-नियम (३) बमोजिम कार्यवाहक मुख्यमन्त्री तोकेको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस