आज:  २०८१ जेष्ठ ११, शुक्रबार | Fri, 24, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एक करोड ४१ लाख भन्दा बढीको सामानसहित २ वटा ट्रक बारा प्रहरीको नियन्त्रणमा

अखिलेश कुमार यादव २०८० आश्विन १८, बिहिबार (७ महिना अघि) ७९ पाठक संख्या

बारा : अवैध रुपमा भित्रिएको १ करोड ४१ लाख एक हजार आठ सय एकाउन रुपैया मुल्य बराबरको सामान सहितको गाडि बिहिवार बिहान ५ बजेको समयमा बारा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा न २१ अमलेखगंज र पथलैया बाट बिलबिजक नभएको २ वटा ट्रकमा लोड गरिएको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय बारा ईलाका प्रहरी कार्यालय अमलेखगंज बाट संयुक्त रुपमा खटिएको टोलीले चेक जाँच गर्ने क्रममा सो मूल्य बराबरको समान प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनु भयो ।वीरगंजबाट भैरहवा तर्फ जादैँ गरेको ना ६ ख ३८२८ उन्नपचास लाख बयासी हजार चार सय त्रिचालीस बराबरको समान रहेको प्रहरीले जनाएको छ ।

 

त्यस्तै बिरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ८ ख ४८४२ नं को ट्रकमा अन्दाजी बयानब्बे लाख उन्नाईस हजार चार सय आठ बराबरको बिल बिजक नभएको सम्मान रहेकोले प्रहरीले २ वटै ट्रकलाई नियन्त्रणमा लिएको छ ।पछिल्लो क्रममा बारा प्रहरीले चेंक जांचमा कडाई गरे संगै अहिले बिल बिजक नभएको समान लोड गरेको ट्रक दैनिक बारा प्रहरीले नियन्त्रणमा लिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस