आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराका प्रभावशाली नेता शिवचन्द्र नेकपा एमाले प्रवेश,ओलीले टिका लगाएर गरे स्वागत

एपी खबर २०८० आश्विन १८, बिहिबार (७ महिना अघि) १०४ पाठक संख्या

बारा : जनमत पार्टीका नेता शिवचन्द्र कुशवाह नेकपा एमालेमा प्रवेश गरेका छन् । गत वैशाखमा भएको उपचुनावताका उनी माओवादी केन्द्र छाडेर जनमतमा प्रवेश गरेका थिए । त्यसबेला उनी जनमतबाट बारा- २ को उपचुनावमा उम्मेदवार बनेका थिए । तर, उपेन्द्र यादवसँग पराजित भएका थिए ।

 

कुशवाहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । उनीसहित माओवादीका जिल्ला तहका नेताहरू पनि एमालेमा प्रवेश गरेका बताइएको छ । कुशवाहलाई ओलीसहित नेताहरू ईश्वर पोखरेल, शंकर पोखरेल, योगेश भट्टराईलगायतले एमालेमा स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस