आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराबाट २८ लाख रुपैयाँ बराबरको सामान बोकेको ट्रक प्रहरीको नियन्त्रणमा

अखिलेश कुमार यादव २०८० आश्विन १९, शुक्रबार (७ महिना अघि) १०६ पाठक संख्या

बारा : प्रहरीले बाराबाट २८ लाख रुपैयाँ बराबरको सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ।प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा बिरगंज बाट झापा तर्फ जादै गरेको ना ३ ख १४३ नम्बरको ट्रकमा रहेको खुद्रा सामानको बिल भरपाइ नमिलेको पाए पछि प्रहरीले सामानसहित ट्रक नियन्त्रणमा लिएको थियो ।

 

श्रोत खुलाउन नसकेको (अठ्ठाईस लाख पचास हजार तिन सय तिरसठ्ठी) बराबरको खुद्रा सामानहरु सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाएको प्रहरी प्रवक्ता दधिराम न्युपानेले बताए ।

प्रतिक्रिया दिनुहोस