आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

साना किसान सहकारी मनहर्वाको २१ औं बार्षिक साधारणसभा सम्पन्न

एपी खबर २०८० आश्विन २०, शनिबार (७ महिना अघि) ५७ पाठक संख्या

बारा : जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को बडहर्वामा रहेको साना किसान कृषि सहकारी संस्थाा लिमिटेड मनहर्वाको २१ औं बार्षिक साधारणसभा सुक्रबार सम्पन्न भएको छ । कलैया उपमहानगरपालिका वडा नं.२ स्थीत अमर उच्च माध्यमिक विद्यालय दोहरी परिषरमा बार्षिक साधारणसभाको प्रदेशसभा सदस्य लक्ष्मी देवी ठाकुरले उद्घाटन गर्नु भएको हो ।
कार्यक्रमकी प्रमुख अतिथी ठाकुरले सहकारी समाज रुपान्तरणको महत्वपूर्ण माध्यम भएको बताउनु भयो ।सहकारी संस्थामा आवद्ध हजारौं गरिव श्रमजिवि महिलाहरुको हितमा सहकारीलाई प्रयोग गर्नसके समृद्धी टाढा नभएको उहाँले बताउनु भयो । “सहकारी र आवद्ध सदस्यहरुको हितका लागिे सदनमा कुरा उठाउने छु । सहकारीमा आवद्ध महिलाहरुको हितलाई ध्यानमा राखेर काम गर्ने छु,” प्रदेशसभा सदस्य ठाकुरले भन्नु भयो ।यस्तै साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनीले जिल्लामा संचालित साना किसान कृषि सहकारी संस्थाहरुले सदस्यको सर्वोपरि हितमा काम गर्दै आएको बताउनु भयो । उहाँले साना किसान कृषि सहकारी संस्थाहरु कृषि क्षेत्रको विकासमा सक्रिय रहेको भन्दै राज्यको सहयोगको खाँचो औंल्याउनु भयो ।
कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड हेटौंडाकी प्रबन्धक कृष्ण कुमारी शर्मा, जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८का अध्यक्ष चतुरबाबु वाग्ले, कलैया उपमहानगरपालिका वडा नं.३ का मोहन साह कानु, वडा नं.२४ का अध्यक्ष हिरालाल चौधरी, २७ का आशोक तिगवारी, साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानका अध्यक्ष प्रदिप सिंह बराल, सपहि बाराका प्रबन्धक अरुण कुमार चौधरी , सामाजिक अगुवा पुनदेव प्रसाद रौनियार, मीना कुमारी चौधरी र गोरख प्रसाद यादवले बोल्नु भएको थियो ।वक्ताहरुले सहकारी संस्थाबाट लिएको कर्जाको सदुपयोग गर्दै आर्थिक उपार्जनमा लाग्नु पर्ने र समयमै कर्जा फिर्ता गर्ने बानिको विकास गर्नुपर्ने धारणा ब्यक्त गर्नु भयो ।३ हजार १ सय १ जना सदस्यहरुका विच करिब ६५ करोडको कारोबार गर्दै आएको संस्थाले गत आर्थिक बर्ष २०७९।०८० मा कमाएको दुईकरोड दुईलाख ६६ हजार मुनाफाबाट सदस्यहरुलाई १७ प्रतिशत लाभाशं वितरण गर्ने सभाबाट निर्णय गरेको छ । सभाको अवसरमा संस्थाले उत्कृष्ठा ऋण कारोबार गर्ने ६ जना, उत्कृष्ठ बचत गर्ने ६ जना, संस्थाले संचालन गरेको दुध डेरीमा नियमित दुध विक्रि गर्ने असल पशुपालक किसान एकजना र संस्थाको कृषि पसलबाट नियमित र सबैभन्दा बढी रकमको कारोबार गर्ने एकजना गरी १४ जना सदस्यलाई प्रमाण पत्र,दोसल्ला सहित सम्मान गरेको छ ।
यस्तै संस्थाले स्थानिय जनप्रतिनीधि वडा अध्यक्षहरुलाई समेत दोसल्ला ओढाएर सम्मान गरेको छ । सभाले संस्था अध्यक्ष नयनकला खड्काले प्रस्तुत गर्नु भएको संस्थागत प्रतिवेदन, लेखासमिति संयोजक सुनिता सापकोटाको आन्तरिक लेखापरिक्षण प्रतिवेदन र संस्था प्रबन्धक पुष्पराज खतिवडाको बार्षिक प्रगती तथा आगामी कार्यक्रम र बजेट सुझव सहित पारित गरेको छ । संस्थाकी अध्यक्ष खड्काको अध्यक्षता, संचालक शर्मिष्ठा दाहालको स्वागत र संस्कार एफएमका प्रबन्ध निर्देशक अनिल गौरवको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस