आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

परवानीपुर गाउँपालिकाले २ सिफ्टमा सेवा प्रदान गर्दै

एपी खबर २०८० आश्विन २०, शनिबार (७ महिना अघि) १०७ पाठक संख्या

बारा : बारा जिल्लाको परवानीपुर गाउँपालिकाले अब देखि २ सिफ्टमा सेवा प्रदान गर्न सुरु गरेको छ ।परवानीपुर गाउँपालिकाले बुधवार सूचना जारि गर्दै अब देखि गाउँपालिकाको कार्यालयले २ सिफ्टमा जनताहरुलाई सेवा प्रदान गर्ने जनाएको छ ।

राष्ट्रिय परिचय पत्र ,प्रशासन , योजना, पंजीकरण,दर्ता चलानी शाखा र ५ वटै वडा कार्यालय हप्ताको २ दिन आईतबार,सोमबार बिहान ७ बजे देखि १० बजे सम्म र १० दखि ५ बजे सम्म २ सिफ्टमा कार्यालय संचालन हुने प्रमुख प्रशासकीय अधिकृत मुना साह रौनियारले बताउनु भएको छ ।२ सिफ्टमा कार्यालय संचालन हुने भए पछि १० बजे देखि ५ बजे ज्यालादारी गरेर जीविकोपार्जन गरिरहेकाहरु लाभान्वित हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस