आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनकपुरमा बिग एक मार्टमा गए राति आगलागी हुँदा करोडौंको क्षति

एपी खबर २०८० आश्विन २१, आईतबार (७ महिना अघि) ९४ पाठक संख्या

धनुषा- जनकपुरमा बिग एक मार्टमा गए राति आगलागी हुँदा करोडौंको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित सो मार्टमा अकस्मात् लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको छ।आगो नियन्त्रणमा आए पनि करोडौ मूल्य बराबरको समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

 

जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र,नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो। आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिए। उनले आगलागीबाट रु १० करोडभन्दा बढीको क्षति पुगेको बताए।यता प्रहरीले आगो कसरी लाग्यो भनेर अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस