आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फलामको छड प्रहार गरेर हत्या गरेको आरोपमा वीरगञ्ज बाट एक जना पक्राउ

अखिलेश कुमार यादव २०८० आश्विन २१, आईतबार (७ महिना अघि) १०५ पाठक संख्या

बारा : वीरगञ्जमा फलामको छडले प्रहार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।हाल वीरगञ्ज महानगरपालिका–१ छपकैया बस्ने पुनम देवीको फलामको छड प्रहार गरि हत्या हत्या गरेको आरोपमा सोही ठाउँ रसुल मियाँको २५ वर्षीय छोरा इमरान मियाँ पक्राउ परेका छन् ।

 

इमरानले असोज २० गते फलामको छड प्रहार गर्दा पुनम गम्भीर घाइते भएकी थिइन् ।पुनमको उपचारको क्रममा नेशनल मेडिकल शिक्षण अस्पताल वीरगञ्जमा शनिवार मृत्यु भएको थियो ।पक्राउ परेका इमरानले लागु औषध सेवन गरेर पुनम देवीको घरमा छत बाट फलामको छड चोरी गरेर जादैं गरेको देखे पछि पुनमले हल्ला गरे पछि इमरानले फलामको छड प्रहार गरेर पुनामलई ओछ्यानमा लगेर सुताएको तर पुनमको आँखा खुलेको देखे पछि इमरानले पुनः छडले प्रहार गरेर त्यहाँ बाट इमरान भागेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस