आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रहरी उपरीक्षक काफ्ले संगको परिचयात्मक कार्यक्रम सम्पन्न

अखिलेश कुमार यादव २०८० आश्विन २२, सोमबार (७ महिना अघि) ८५ पाठक संख्या

बारा : बारामा आएका नयाँ प्रहरी उपरीक्षक सुरेश काफ्ले सँगको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्थित १६ वटै पालिका प्रमुख ,उपप्रमुख बीच भएको परिच्यात्मक कार्यक्रम जिल्ला प्रहरी कार्यालय बारामा सम्पन्न भएको हो । जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा परिच्यात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।

 

कार्यक्रममा सहभागी पालिका प्रमुख,उपप्रमुखहरुले चोरी लगायतका अपराधका घटनाहरु नियन्त्रण गरि शान्ति सु(व्यवस्था कामम गर्नुपर्ने, सवारी दुर्घटना लगायतका घटनाहरु कम गर्ने र बिगत केहि दिन देखि सिमावर्ती क्षेत्रमा भएको जघन्य अपराध न्यूनीकरणको लागि तत्काल पहल गर्न प्रहरी उपरीक्षक काफ्लेलाई अनुरोध गरेका थिए ।
यता प्रहरी उपरीक्षक सुरेश काफ्लेले जिल्लाका सबै सरकारी तथा गैरसरकारी निकाय संग स्थानीय पालिकासंग समन्वय सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताएका छन् । जिल्लामा शान्ति सुरक्षा कायम गरि शान्ति सुव्यवस्था कायम गर्ने कुरामा काहीं कतै कमजोरी नराख्ने उनले बताएका छन् । छलफलका क्रममा आएका सुझावलाई ग्रहण गरेर सोही अनुसारको काम अगाडि बढाउने प्रहरी उपरीक्षक काफलेको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस