आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना

अखिलेश कुमार यादव २०८० आश्विन २२, सोमबार (७ महिना अघि) ११७ पाठक संख्या

बारा : बारा जिल्लाका विभिन्न ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वमा यात्रुको चापलाई मद्देनजर गरी जिल्ला प्रहरी कार्यालय बाराले यात्रु सहायता कक्ष स्थापना गरेको हो।चाडपर्वमा हुने भीडभाडमा यात्रुको सहजताका लागि सदरमुकाम कलैया, निजगढ,सिमरा,प्रसौनी ,अमलेखगंज पुलिस बिट सहित यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख इन्स्पेक्टर राम कुमार महतोले बताएका छन्।

 

सवारी साधनले बढी भाडा लिने, गाडीमा क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुमाथि हुने अभद्र व्यवहारजस्ता गतिविधि नियन्त्रण गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको इन्स्पेक्टर महतोले जानकारी दिए । उनले यात्रुहरूको कुनै गुनासो भएमा जिल्ला ट्राफिक कार्यालय बाराको मोबाइल नम्बर ९८५५०९०१२४ वा १०३ मा सम्पर्क गर्न ट्राफिक प्रहरी बाराले आग्रह गरेको छ।

 

चाडपर्वका वेला हुनसक्ने आपराधिक र सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो । जिल्लामा मुख्यमुख्य चाडपर्वको समयमा सवारीसाधनले अव्यवस्थित रूपमा यात्रु ओसारपोसार गर्ने गरेका छन्। यसले दुर्घटनाको जोखिम बढाउने भएकाले यात्रु सहायता स्थापना कक्ष स्थापना गरेको प्रहरीले बताएको छ।

 

प्रतिक्रिया दिनुहोस