आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित सिरहा बाट २ युवक पक्राउ

एपी खबर २०८० आश्विन २३, मंगलबार (७ महिना अघि) ११७ पाठक संख्या

सिरहा- ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ । विभिन्न प्रकारका एक हजार ४७५ एम्पुल प्रतिबन्धित लागूऔषधसहित पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार–४ बाट लहान नगरपालिका–२० हरिनगराका ३५ वर्षीय रामानन्द दास र लहान–२१ का २१ वर्षीय अर्जुनकुमार रामलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

 

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुनिल कार्कीको कमाण्डमा लागुऔषध नियन्त्रण ब्यूरो गोलबजारसमेतको टोलीले गोलबजार–४ लोकमार्गमा चेकप्वाईन्ट थापी चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको बा ६३ प ९१९६ नम्बरको मोटरसाइकल पछाडि सवार रामानन्द दासको साथबाट उक्त प्रतिबन्धित लागूऔषधसहित तीनथान मोबाइल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

 

प्रहरीले प्रोमेट्साजिन हाइड्रोक्लोरिड २ एमएल चारसय ८७ एम्पुल, डाईजीपाम चार सय ९८ एम्पुल र बुप्रोनोरफिन चार सय ९० एम्पुलसहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए । पक्राउ परेका दुबै जनालाई म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस