आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अबैध कारोबारको खानि बन्दै बिशेष आर्थिक प्राधिकरण सिमरा (सेज)

अखिलेश कुमार यादव २०८० आश्विन २३, मंगलबार (६ महिना अघि) १२७ पाठक संख्या

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ४ औराहामा रहेको बिशेष आर्थिक प्राधिकरण (सेज) अबैध कारोबारको खानि बन्दै गएको पाईएको छ ।बिशेष आर्थिक प्राधिकरण (सेज)ले अबैध रुपमा उत्खनन गरेर ल्याउने बालुवा,गीति,ढुङ्गा र माटो किन्ने गरेको पाईएको छ ।सेजमा निर्माणाधीन उधोगहरुले अबैध रुपमा उत्खनन गरिएको माटो र गीति बालुवा प्रयोग गर्ने गरेको छ ।

 

बाराको जीतपुरसिमरा ११ को सार्वजनिक जागा बाट माटो उत्खनन गरेर ल्याएको माटो समेत बिशेष आर्थिक प्राधिकरण (सेज)ले किनेको पाईएको छ ।१०० टिपरको निजि जग्गा बाट अनुमति लिएर सार्वजनिक जग्गा बाट १ हजार टिपर माटो उत्खनन गरेर ठेकेदारले सेजलाईनै माटो बेचेको पाईएको छ ।मंगलबार उपप्रमुख भोला अधिकारि संगै संचारकर्मीले सेजमा गरेको अनुगमनमा अबैध रुपमा खोला बाट उत्खनन गरेर ल्याईएको गीति बालुवा लुकाएर झारिमा स्टक गरेर राखिएको भेटिएको छ ।बिशेष आर्थिक प्राधिकरण (सेज) को स्थलगत अनुगमन गर्दै उपप्रमुख भोला प्रसाद अधिकारिले सेजमा अबैध रुपमा दुधौरा खोला बाट गीति बालुवा भित्राइएको आफुले स्सोचना समत पाएको र आज स्थलगत अनुगमनको क्रममा अबैध रुपमा उत्खनन गरेर आएको माटो लगाएत गीति बालुवा स्टक गरेर राखिएको उहाँले बताउनु भयो ।सार्वजनिक जागा बाट माटो उत्खनन गरेर सेजको मुख्य प्रवेश द्वार बाट न ल्याएर खोलाको बाटो भएर माटो ल्याएर सेजमा बेचिएको र आज गरिएको स्थलगत अनुगमनमा खोला बाट सेजमा प्रवेश गर्ने बाटो सेजले खाल्डो खनेर अवरुद्ध गरेको समेत पाएको छ ।यता बिशेष आर्थिक प्राधिकरण (सेज )का सहायक इन्जिनियर अजय चौधरीले सेजले उद्योगीलाई जग्गा भाडामा दिएकाले ठेकेदारले माटो कहाँबाट ल्याएको हो भन्ने विषयमा जानकारी नभएको बताए । त्यस्तै उहाँले सेजमा अबैध रुपमा भित्रिएको कुनै किसिमको बालुवा र गीति न रहेको बताएको छ ।हामीले सेज भित्र अबैध रुपमा माटो आएको खबर सुने पछि खोलाको बाटो खाल्डो खनेर अवरुद्ध गरेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस