आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा साझा लोक सांस्कृतिक झिझिया समाज बाट हराउदै

अखिलेश कुमार यादव २०८० कार्तिक ५, आईतबार (६ महिना अघि) १०९ पाठक संख्या

बारा : दशैंको अवसरमा सबै उमेरका महिलाको साझा लोक सांस्कृतिक झिझिया समाजबाटै हराउदै जानथालेका छन् । नेपालको तराई मधेश तथा उत्तर बिहारको समान सांस्कृतिक धरोहरको रूपमा रहेको झिझिया गाउ“घरमा समेत खेल्न बन्द हुदै जानथालेका छन् । दशैंको अवसरमा सबै उमेरका महिलाको साझा लोक सांस्कृतिक झिझिया समाजबाटै हराउदै जानथालेका छन् । नेपालको तराई मधेश तथा उत्तर बिहारको समान सांस्कृतिक धरोहरको रूपमा रहेको झिझिया बारा जिल्लाको गाउ“घरमा समेत खेल्न बन्द हुदै जानथालेका छन् ।

 

पुर्खादेखि नै खेल्दै आएकोले झिझियालाई आफुहरुले निरन्तरता दिएको करैयामाईन गाउँपालिका वडा न ५ कि रश्मी देवी चौधरी बताउछिन । एक दशक पहिलेसम्म मनाइने गरेको महिलाहरूको स्वाभाविक सामूहिक उत्सव साना बालिकाहरूमा सीमित हुँदै लगभग लोप हुने अवस्थामा पुगिसकेको छ। प्वालै प्वाल पारिएको घैँटोमा दियो राखेर टाउकोमा राखी महिलाहरू झिझियाका गीत गाउँदै नाच्ने परम्परा थियो। घटस्थापनादेखि महानवमीसम्म राति सामूहिक रूपमा महिलाहरूले मौलिक शैलीमा गाउँदै तथा नाच्दै गाउँ डुल्ने गर्थे। अब यो परम्परा नै लोप हुन थालेको बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ का जितेन्द्र सराफले बताए । ‘दशैँ आउनासाथ गाउँका छोरीचेलीमा झिझियाको उत्साह हुन्थ्यो’, ‘तर, आजभोलि सबैले यस संस्कृतिको नाम नै बिर्सिन थालेको उनले बताए ।

 

आधुनिक शिक्षा र सञ्चारको माध्यमले गर्दा झिझिया र भगतईजस्ता धार्मिक–सांस्कृतिक मनोरञ्जनात्मक सम्पदाहरू लोप हुन थालेका छन्। झिझिया गीतमा बोक्सी, जादुटुना जस्ता अन्धविश्वासात्मक भावको प्राधान्य थियो। बाराको १६ वटै पालिकाले झिझियालाई संरक्षण गर्नको लागि पहल गर्न सकेको छैन । अहिले पनि मधेश प्रदेशको सिरहा,सप्तरी,धनुषा महोत्तरी जिल्लामा झिझिया प्रशस्त मात्र खेलिने गरेको छ । सिरहा,सप्तरी,महोत्तरी जिल्लामा झिझिया संरक्षणको लागि झिझिया नृत्य प्रतियोगिता समेत स्थानीय तहले आयोजना गने गरेको छ भने बारा जिल्लामा झिझिया संरक्षणको लागि त्यस्तो केहि हुन् नसकेको जानकारहरु बताउछन ।

 

 

प्रतिक्रिया दिनुहोस