आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

डा.पौडेलको निधनले एमाले र सिङो बारा जिल्लालाई ठुलो क्षति पुग्यो:सचिव महासेठ

एपी खबर २०८० कार्तिक ६, सोमबार (६ महिना अघि) ११७ पाठक संख्या

बारा : नेकपा एमाले मधेस प्रदेश कमिटीका निबर्तमान सचिब तथा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रथम नगर प्रमुख स्व. डा कृष्ण पौडेलको १३ औ दिनको पुण्यतिथिमा आज पौडेल निवास डुमरवानामा नेकपा एमालेले श्रदान्जलि कार्यक्रमको आयोजना गरेको छ ।

 

कार्यक्रममा पार्टी केन्द्रीय सचिव एवं पूर्व उपप्रधान मन्त्री रघुबीर महासेठले स्व.पौडेलको निधनले एमाले र सिङो बारा जिल्लालाई अपुरणिय क्षति पुगेको बताउनुभयो । उहाले पौडेल सामाजिक संस्थाका साथै स्थानिय तह सञ्चालनमा पोख्त रहेको उल्लेख गर्दै पौडेलले देखाएको बाटोमा सधै लाग्ने बताउनुभयो ।

 

उहाँ जितपुरसिमराको नगर प्रमुख रहदा राम्रो काम गरेको प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा पोलिट ब्यूरो सदस्यहरु पुरुषोत्तम पौडेल,अच्युत मैनाली, ज्वाला साह,एमाले केन्द्रीय सदस्य बलबिर चौधरी,बारा क्षेत्र नम्बर ४ का सांसद कृष्णकुमार श्रेष्ठ किशान ,एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, एमाले बाराका उपाध्यक्ष टिना सुवेदी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, लगायतले पौडेलले समाज र पार्टिमा पुर्याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो ।

 

कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु अरबिन्द सिह,मन्जु थापा,राजकुमार गिप्ता,एकवाल मियालगाएतको उपस्थिती रहेको थियो ।नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटिका अध्यक्ष भोला प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण रत्न उप्रेतिले गर्नुभएको थियो । आजै मधेश प्रदेश कमिटीको तर्फबाट उपाध्यक्ष बिचारी यादब,सचिब, प्रमुख अतिथी महासेठसहितले परिवारजनमा शोक पत्र हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस