आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिधालयमा विज्ञान प्रदर्शनी

अखिलेश कुमार यादव २०८० कार्तिक २४, शुक्रबार (५ महिना अघि) ९४ पाठक संख्या

बारा : विश्व विज्ञान दिवसको अवसर पारेर जीतपुरसिमरा ७ स्थित फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयमा विज्ञान प्रदर्शनी गरीएको छ। कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत छात्र–छात्रा को शुक्रवार विज्ञान प्रदर्शनी गरेका हुन् ।विश्व विज्ञान दिवसको अवसर पारेर छात्र-छात्राले सस्तो, सुलभ र घरमै उपलब्ध हुने सामाग्री प्रयोग गरेर निर्माण गरिएको विज्ञान सामाग्री प्रदर्शनीमा राखेका विद्यालयका प्रधानध्यापक राजु सिंहले जानकारी दिनुभयो ।

विद्यार्थीले कक्षामा सिकेका सैद्धान्तिक कुराका आधारमा विज्ञान सामाग्री तयार पारेर प्रदर्शनी गर्दा सरकारी बिद्ययालयको बिद्यार्थीहरु भित्र पनि ठूलो प्रतिभा लुकेको र यस्ता प्रतिभा बाहिर ल्याउनको लागि बिद्ययालयले अब यस्ता कार्यमा जोड दिने बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष एवं जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ का वडाध्यक्ष सुनिल गुप्ताले बताउनु भयो।

विज्ञान पुस्तकमा अध्ययन गरेका सैद्धान्तिक सिकाईलाई व्यवहारमा उतारेर देखाउनका विज्ञान प्रदर्शनी आयोजना गरिएको विज्ञानको शिक्षक कृष्ण महतोले बताउनुभयो ।विज्ञान प्रति आर्कषण बढाउन र अन्तरनिहित सिर्जना, कला पस्कनको लागि सहयोग पुगेको शिक्षक महतोले बताउनुभयो। विद्यालयको परिसरमा भएको विज्ञान प्रदर्शनीमा सहभागी छात्र-छात्राले विज्ञान सम्बन्धि नमूना तयार पारेर शिक्षक, तथा अन्य विद्यार्थीलाई देखाएका छन् ।त्यसतै बिधयालयले बिद्यार्थीको मनोबल बढाउनको लागि बिज्ञान प्रदर्शनी गरेकालाई सम्मान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस