आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तस्करीले गन्हायो रौतहट , तस्करीमा माथिल्लो निकायको सेटिङ्ग

अमित ठाकुर २०८० कार्तिक २४, शुक्रबार (५ महिना अघि) ८१ पाठक संख्या

रौतहट : चार्ड पर्व नजिकदै गर्दा रौतहट जिल्लामा अवैध कारोबार तस्करी फेरि बढ्दै गएका छन। रौतहट प्रहरी प्रमुखको रुपमा महेन्द्र श्रेष्ठ रौतहट अाएपछि नाकामा कडाई गर्न भनेता पनि नाकाका चौकी ईन्चार्ज र सम्बन्धित युनिटको सेटिङ्गमा व्यापक रुपमा तस्करी भईरहेको स्थानीयले जनाएको छ। तस्करहरुले सीमावर्ती भारतीय बाजारबाट ठूलो मात्रामा समानहरु खरिद गरि मुख्य नाका गौर भन्सार, लक्ष्मीपुर बेलबिक्षवा, महादेवपटी बंजरहा नाका भएर प्रहरीको संरक्षणमा खुलेयाम भारतीय समानहरु हार्डवेयर, लत्ताकपडा, किरानाका समानहरु भन्सार छलि गरि नेपालमा भित्र्याउने कार्य भईरहेका छन।

 

रौतहटको तस्करी नरोकिएको कारण माथिल्लो निकाय हो । माथिल्लो निकायकै ईसारामा तस्करीले लाखौं बराबरको राजश्व छलि भई रहेको स्थानीयले बताएका छन्। भने सो छली गरि ल्याएका समानहरु प्रहरीकै संरक्षणमा गरुडा चपुर सहित रौतहटको बिभिन्न बजार सम्म तस्करहरुले पुर्याउने गरिरहेका छन। रौतहटका नेपाल प्रहरी र सशस्त्र प्रहरी र भन्सारका कर्मचारीहरुले लाइन दिएपछि अबैध तस्करी हुन थालेका नाम न खोल्ने सर्तमा तस्कर बिचकै एक जनाले जनाएको छ।तस्करी कार्यमा समलान भएका तस्करले भारतका बोर्डरमा बसेका प्रहरी तथा चौकीका प्रहरीलाई मिलाएर तस्करले अबैध कारोबारी गरिरहेको बुझिएका छन।

 

अहिले पर्वका समानहरु र घरमा प्रयोग गर्नका लागि भारतको बैरगनियावाट सामान ल्याउदा गौर भन्सारको सीमामा क्षेत्र मा तैनाथ गरिएका नेपाल प्रहरी, शस्त्र प्रहरी र भन्सार कर्मचारी कडाईका साथमा चेकजाच गर्ने तर ठूलो मात्रामा तस्करले माल समान ल्याउँदा कमीशनको भरमा ल्याउन दिने र त्यसतालाई कुनै रोकटोक नगर्ने स्थानीयले जनाएको छ। भने गौर भन्सार नाकाबाट तस्कर मुस्कान, गोरकी, सातसहेलिया, क्रान्ति जस्ता धेरै तस्करहरुको मेन नाकाबाटै तस्करीका लाईन मिलाएको र खुल्याम लाखौंको तस्करी गरिएको तस्कर बिचकै एक जना ब्यक्तिले जनाएको हो।

 

त्यस्तै रौतहट जिल्लाको महादेवपट्टी, लक्ष्मीपुर बेलबिक्षवा, बंजरहा नाकाबाट खुल्याम रातीमा बिहारमा प्रतिबन्धित रहेको मदिरा तस्करी भईरहेका छन। तर प्रहरी मुखदर्शक बनेर बसेका छन किन?त्यसतै बंजरहा, अौरैया, बंकुल, मोतीपुर, नरकटीया,लतमडी, राजपुर डमार बाट रेडिमेड कपडा, किरानाका समान तथा हार्डवेयरका समानहरु तस्करी भईरहेको स्थानीयले जनाएको छ। रौतहट मधेस प्रदेश होइन अधिराज्य भरी तस्करीको मामिलामा गन्हाउन थालेको स्थानीयहरु बताउँछन् !

प्रतिक्रिया दिनुहोस