आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

असुली धन्दामा जीतपुर प्रहरी व्यस्त,जीतपुरको सुरक्षा व्यवस्था फितलो

एपी खबर २०८० कार्तिक २६, आईतबार (५ महिना अघि) ९७ पाठक संख्या

बारा : ईलाका प्रहरी कार्यालय जीतपुर चन्दा असुली धन्दामा व्यस्त भए पछि अहिले जीतपुरको सुरक्षा व्यवस्था फितलो बन्दै गएको छ ।तिहार र छठ पर्व नजिकिए संगै बाराको मुख्य बजारको रुपमा रहेको जीतपुर बजारमा प्रहरीले सुरक्षा व्यवस्थापन कडाई गर्नुको सट्टा अहिले असुली धन्दामा व्यस्त भएको छ ।

 

 

तिहार र छठ नजिकिए संगै अहिले जीतपुर बजारमा किनमेल गर्न आउनेको संख्या बढेको छ ।यता प्रहरीको फितलो सुरक्षाको कारण जीतपुर बजारमा मोटरसाइकल चोरीको घटना बढेको छ । जिल्ला प्रहरी कार्यालय बाराले चाड पर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्थामा कडाई गरेको दाबि गरे पनि ईलाका प्रहरी कार्यालय जीतपुरको सुरक्षामा कुनै कडाई भएको छैन ।बाहिर बाट जीतपुर बजारमा किनमेल गर्न आउँ लागेकाहरुले मोटरसाईकल चोरी हुन् थाले पछि चिन्तित बन्न थालेको छ ।

 

 

ईलाका प्रहरी कार्यालय जीतपुरले अहिले सुरक्षा व्यवस्थापनलाई पर राखेर चन्दा असुली गर्ने कार्यमा व्यस्त भएको छ । ईलाका प्रहरी कार्यालय जीतपुरको सुरक्षा व्यवस्थापनको बारेमा बिभिन्न संचारमाध्यममा समाचार सम्प्रेषण भए पनि जिल्ला प्रहरी कार्यालयले ईलाका प्रहरी कार्यालय जीतपुरको बारेमा केहि एक्सन लिन सकेको छैन ।प्रहरीले जनतालाई सेवा दिनु पर्ने ठाउँमा प्रहरीले जनतालाई सेवा दिन छोडेर चन्दा असुलीमा व्यस्त हुनुले अहिले पछिल्लो क्रममा स्थानियहरुले प्रहरीको सुरक्षा माथि बिश्वाश गर्न समेत छोडेको छ ।

 

 

यता जिल्ला प्रहरी कार्यालय बाराले चाड पर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पार्नको लागि मातहत युनिटलाई निर्देशन दिए पनि जिल्ला प्रहरी कार्यालय बारा मातहत रहेका युनिटहरुले जिल्ला प्रहरी कार्यालयको निर्देशनको अपहेलना गरे पनि प्रहरीले त्यस्ता युनिटका इन्चार्जलाई कारवाही गर्न सकेको छैन ।

 

 

केहि समय पहिला समाचारको भरमा एक्सन लिएको एसपी सुरेश काफ्ले आजभोलि पैसा असुलीमा व्यस्त रहको प्रहरी चौकीको इन्चार्जलाई कारवाही गर्न नसक्नुले प्रहरी उपरीक्षक काफ्लेको माथि समेत प्रश्न उठन थालेको छ ।ईलाका प्रहरी कार्यालय जीतपुर पैसा असुलीमा व्यस्त एउटा उदाहारण मात्र हो बारा जिल्लाको अधिकांश चौकी अहिले छठ पर्व नजिकिए संगै पैसा असुलीमा व्यस्त छ ।बाराका प्रहरी युनिटहरुको गतिबिधि बारे मधेश प्रदेश प्रहरी प्रमुख जनक भट्टराईलाई समेत थाह भए पनि उहाँले समेत सुरक्षा व्यवस्था कडाईमा कुनै एक्सन लिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस