आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सनराईज युथ कल्बको ६ औं साधारणसभाको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

अखिलेश कुमार यादव २०८० मंसिर ९, शनिबार (५ महिना अघि) ६४ पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ८ लोहसण्डामा रहेको सनराईज युथ क्लबको ६ औं साधारण सभा सम्पन्न भएको छ । बारा क्षेत्र न ४ क का मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यतामा सनराईज युथ क्लब लोहसण्डा ६ औं साधारण सभा शनिवार सम्पन्न भएको छ ।

कार्यक्रममा पूर्व मधेश प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा,जीतपुरसिमरा उपमहानगरपालिका वडा न ८ का वडाध्यक्ष शिवशंकर प्रसाद महतो कोईरि,वडा न ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ता,नेकपा एकीकृत समाजवादीका नेता सन्तोष कुशवाहा लगाएतले आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा बोल्दै मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले सनराईज युथ क्लबले वडा न ८ मा गरेको सराहनीय कार्यको प्रशंसा गर्दै क्लबलाई आउदो दिनमा सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भयो ।

सनराईज युथ क्लब लोहसण्डाले आफ्नो ६ औं साधारण सभाको अवसर पारेर रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ । क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जना पुरुषले रक्तदान गरेको वडा सदस्य गङ्गा पटेलले जानकारी दिनुभयो । लोहसण्डा पहिलो पटक सनराईज युथ क्लबको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । क्लबका सदस्य कृष्ण महतो धानुकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य क्लबका पूर्व अध्यक्ष मदन ठाकुर सञ्चालन प्रदीप यादवले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस