आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एन प्याब्सन बारा द्वारा स्वर्णकारको हत्याराको कारवाहीको माँग गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक

एपी खबर २०८० मंसिर २०, बुधबार (५ महिना अघि) ७० पाठक संख्या

बारा : राष्ट्रिय निजि तथा आवासीय बिद्यालय एशोसिएशन नेपालको जिल्ला कार्य समिति बाराले बाल एकता आवासीय स्कूलका प्रधानध्यापक रुपेश स्वर्णकारको हत्यारालाई कारवाहीको माँग गर्दै पुनः प्रमुख जिल्ला अधिकारिलाई ज्ञापन पत्र बुझाएको छ ।

 

जिल्लाको सदरमुकाम कलैयामा कार्तिक १३ गते करिब १ बजेको समयमा बाल एकता बोर्डिङ्ग स्कूलका प्रधानध्यापक रुपेश स्वर्णकारको गोलि हानि हत्या गरिएको थियो ।स्वर्णकारको हत्याको बिरुद्धमा प्रहरीले ५ जनालाई पकारु गरेर सार्वजनिक गरे पनि प्रहरीले घटनालाई ढाकछोप गर्ने उदेश्यले घटनालाई अन्यत्र मोडेको र दोषीलाई कारवाहीको दायरामा ल्याउनको लागि राष्ट्रिय निजि तथा आवासीय बिद्यालय एशोसिएशन नेपालको जिल्ला कार्य समिति बाराले पुनः बुधवार प्रमुख जिल्ला अधिकारि नवराज सापकोटालाई ज्ञापन पत्र बुझाउदै आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

 

एन प्याब्सन बारा कार्यसमितिको मंगलबार बसेको बैठकले रुपेश स्वर्णकारको हत्यारालाई कानुनि दायरामा ल्याउनको लागि आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको एन प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुशवाहाले बताउनु भयो ।एन प्याब्सन बाराले स्वर्णकारको हत्यारा पाटा न लाग सम्म आफ्नो आन्दोलनलाई निरन्तरता समेत दिने अध्यक्ष कुशवाहाले बताए ।

 

एन प्याब्सन बाराले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रम

१. मंसिर २१ गते कलैयामा मैनबति जुलुस निकाल्ने

२. मंसिर २२ गते र्याली र कोण सभाको आयोजना गर्ने

३. मंसिर २३ गते २ घण्टा यातायात ठप्प र बजार बन्द गर्ने

 

४. मंसिर २४ गते ४ घण्टा यातायात ठप्प गर्ने

५.मंसिर २५ गते देखि जिल्लाभरिको स्कूल अनिचित कालको लागि बन्द

६.मंसिर २६ गते प्रदेश भरिका स्कूल अनिचितकालको लागि बन्द

७.मंसिर २७ गते देखि केन्द्र भरिका बिद्यालय बन्द गर्ने

 

 

 

प्रतिक्रिया दिनुहोस