आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महिला अधिकार र कानुनी प्रावधानसम्बन्धी अन्तरक्रिया

एपी खबर २०८० मंसिर २३, शनिबार (५ महिना अघि) ३९ पाठक संख्या

बारा : लैङ्गिक हिंसाको १६ दिने अभियान अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकाको अयोजनामा पथलैयामा शनिवार महिला अधिकार र कानुनी प्रावधानसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारिको अध्यक्षता एवं नगरप्रमुख राजन पौडेलको प्रमुख अतिथ्यतामा महिला अधिकार कानुनी प्रावधान सम्बन्धि अन्तरक्रिया समपन्न भएको छ।

 

 

कार्यक्रममा बोल्दै नगर उपप्रमुख भोला अधिकारिले नागरिकले अधिकारलाई मात्र नभएर आफ्नो कर्तव्यलाई पनि ध्यान दिनु पर्ने बताउँदै आफूले जहिले पनि पीडितको पक्षमा पैरवी गरेको बताउनु भयो ।कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले अहिलेको समयमा महिला मात्र नभएर पुरुष पनि हिंसामा परेको बताउदै लैङ्गिक हिंसा विरूद्ध सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।

 

 

अधिवक्ता दामोदर पौडेल र बिध्या कटुवालले घरेलु हिंसा, संविधान र कानुनी प्रावधानको बारेमा सहजिकरण गर्नु भएको थियो ।उक्त अन्तरक्रिया कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शिवजी प्रसाद,प्रहरी सहायक निरिक्षक अब्बास अन्सारी लगाएतले आफ्नो मन्तव्य राखेको थियो।

प्रतिक्रिया दिनुहोस