आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बीरगंज महानगरपालिकाको कार्यकक्षमा मेयर र उपमेयर पक्षबिच हानाहान

एपी खबर २०८० मंसिर २६, मंगलबार (५ महिना अघि) १२४ पाठक संख्या

बीरगंज । मधेश प्रदेशको एक मात्र महानगरपालिका बीरगंज महानगरपालिकाको कार्यकक्षमा मेयर र उपमेयर पक्षबिच मंगलबार हानाहान भएको छ । यस अघिका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष खाली भएपछि त्यसमा को बस्ने भन्ने विषयमा विवाद भई मेयर राजेशमान सिंह र उपमेयर ईम्तियाज आलम पक्षबिच हानाहान भएको हो ।

 

मेयर सिंह बस्ने कार्यकक्ष भएको भवनमा माथि अर्को तल्ला थपेर उनको कार्यकक्ष माथि सारे पछि उनी बस्दै आएको कार्यकक्ष खाली भएको छ । त्यही कार्यकक्षमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष तयार भएर कार्यक्षक सरेको थियो । यसरी प्रमुख प्रशासकीय अधिकृत बस्दै आएको कार्यक्षक खाली भएको थियो । त्यो कार्यकक्षमा बीरगंज महानगरले पंजीकरण शाखा राख्ने तयारी स्वरुप तीन दिन अगाडि सामान समेत सारिएको थियो ।

 

सामान सार्दैको अवस्थामा उपप्रमुखको सचिवालयले त्यो कोठमा ताल्चा लगाएको थियो । उपप्रमुखको सचिवालयले कार्यकक्ष सारिएको बारेमा आफूहरुलाई जानकारी नभएको भन्दै ताल्चा लगाएको स्रोतले जनायो । प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठामा ताल्चा लगाएर आफ्नो सचिवालय बनाउने तयारी उपमेयरको सचिवालयले गरेको थियो ।त्यही ताल्चा खोल्न केही वडाध्यक्षको टोली सहितले आज प्रयास गरेपछि दोहोरो हाना हान भएको प्रत्यक्षदर्शीले बताएका छन । दोहोरो हानाहान भएपछि सुरक्षा ब्यवस्था मिलाउन प्रहरी परिचालन गरिएको छ । पर्साका डिएसपी कुमार बिक्रम थापाको कमाण्डमा महानगरपरिसरमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । प्रहरीका अनुसार महानगरको अवस्था अहिले शान्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस