आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा प्रहरी द्वारा चार महिनामा एक करोड १ लाख ५८ हजारको अवैध प्याज नियन्त्रणमा

एपी खबर २०८० पौष ९, सोमबार (४ महिना अघि) २२९ पाठक संख्या

बारा : जिल्ला प्रहरी कार्यालय बाराले असोजदेखि पुस ५ गतेसम्म एक करोड १ लाख ५८ हजार मूल्य बराबरको प्याज नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, बारा मातहतको इलाका प्रहरी कार्यालय जीतपुर, इलाका प्रहरी कार्यालय अमलेखगंज र प्रहरी चौकी पथलैयाले असोजदेखि पुस ५ गतेसम्म भन्सार छलीका अबैध रुपमा नेपाल भित्रिएको १ करोड १ लाख ५८ हजार ७ सय रुपियाँ मुल्य बाराबरको प्याज नियन्त्रणमा लिई भन्सार कार्यालय वीरगंज, पर्सा र राजश्व कार्यालय पथलैया, बारा बुझाइएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षध दधिराम न्यौपानेले आज जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस