आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सात वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा जन्मकैदको फैसला

एपी खबर २०८० पौष १०, मंगलबार (४ महिना अघि) २५८ पाठक संख्या

बारा– सात वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बाराको जितपुरसिमरा उपमहानगरपालिका– ७ स्थित काठ तथा फर्निचर मिलमा कार्यरत भुवन चौधरी भन्ने हेमन चौधरीलाई बारा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको एकल इजलासले चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो । सो मुद्दामा पीडित बालिकाको तर्फबाट जिल्ला न्यायाधिवक्ता लोकराज पोखरेल र प्रतिवादी चौधरीको तर्फबाट नागेन्द्र राउतले बहस गरेका थिए ।

 

बारा जिल्ला अदालतले प्रतिवादी उपरको किटानी जाहेरी, घटनास्थलको मुचुल्का, घटनाको विवरण कागज तथा पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा चिकित्सकले अदालतमा गरेको बकपत्र, मौकामा बुझिएका मानिसहरूको भनाइलाई प्रमाणको रूपमा लिएर फैसला सुनाएको हो ।उक्त घटनामा डा. सुरजकुमार चौरसियाले बालिकाको शारीरिक परीक्षण गरेका थिए । डा. चौरसियाको बयानमा पीडित बालिकाको बुबा र बुबाका साथी एउटै मिलमा काम गर्ने भएकाले छोरीलाई हेरविचारको लागि डेरा कोठामा छाडी जाने गरेका थिए ।

 

घटना भएको दिन पीडितको बुबाको साथीले बालिका सुतिरहेको अवस्थामा अर्को कोठामा लगेर जबरजस्ती करणी गरेका थिए । घटनापछि पीडित बालिका बोल्न नसक्ने अवस्थामा भेटिएकी थिइन् ।प्रतिवादी भुवन चौधरी भन्ने हेमन चौधरी र पीडित बालिकाका बुवा लामो समयदेखि जितपुरसिमरा– ७ स्थित फर्निचर उद्योगमा सँगै काम गर्दै आएका साथी हुन् ।२०७९ असोज ८ गते पीडित बालिकाका अभिभावक काम विशेषले हेटौँडा गएको बेला काठ मिलमा सँगै काम गर्ने भुवन चौधरीको घरमा उनीहरूले छोराछोरी छाडेका थिए ।

 

प्रतिक्रिया दिनुहोस