आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा बाट २ जना फरार अभियुक्त पक्राउ

एपी खबर २०८० पौष १९, बिहिबार (४ महिना अघि) १४० पाठक संख्या

बारा : चोरी र शिक्षा मुद्दाका फरार दुई जना प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ ।बारा जिल्ला अदालतबाट चोरी मुद्दामा ५ महिना ४ दिनको सजाय पाएका प्रतिवादी जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका -२० बस्ने मुनिलाल प्रसाद यादव र शिक्षा मुद्दामा ७ हजार जरिवाना तिर्न बाँकी रहेका महागढिमाई नगरपालिका-६ का शोनालाल प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ गरिएका दुवै जना अभियुक्तलाई बारा प्रहरीले जिल्ला अदालत बारामा बुझाएको छ । फरार अभियुक्त पक्राउ गर्ने अभियानलाई बारा प्रहरीले अहिले निरन्तरता दिएको छ । फरार अभियुक्तलाई पक्राउ गरेन अभियानलाई निरन्तरता दिए पछि अहिले फरार रहेका प्रतिवादीहरु पक्राउ पर्न सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस