आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१० रुपैयाँमा जीतपुरसिमरा अस्पतालले विशेषज्ञ डाक्टर सहितको सेवा दिदैं

अखिलेश कुमार यादव २०८० माघ १९, शुक्रबार (२ महिना अघि) ९७८ पाठक संख्या

बारा : बाराको सिमरामा रहेको जीतपुरसिमरा अस्पतालले मुहार फेर्दै गएको छ । वडा नम्बर २ स्थित सिमराको मुख्य चोकमा रहेको जीतपुरसिमरा अस्पताल यतिखेर आफूलाई सुधार्ने र स्वरूप फेर्ने क्रममा लागेको छ । जीतपुरसिमरा अस्पतालले १० रुपैयाँमै विशेषज्ञ डाक्टर सहितको सेवा प्रदान गरिरहेको छ । पहिले सीमित जनशक्तिबाट उपचार सेवा दिदै आएकोमा १५ शैयाको यो अस्पतालमा अहिले १ जना विशेषज्ञसहित ४ जना मेडिकल अफिसर लगाएतको टिमले सेवा प्रदान गरिरहेको छ  । प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा रहेको अस्पतालाई जीतपुरसिमरा उपमहानगरपालिकाले स्तरउन्नती गरेपछि अस्पतालको मुहार फेरिन थालेको हो ।

अस्पताल सुधार गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले देखाएका चासो र चिन्ताकै कारण अहिले जीतपुरसिमरा अस्पताल प्रतिको बिश्वास जनतामा बढ्दै गएको छ । जीतपुरसिमरा अस्पतालमा दैनिक २५० भन्दा बढी ओपिडी र आकस्मिक सेवाका बिरामी अहिले आउने गरेका छन् । यसअघि पहिले प्राथमिक स्वास्थ्य केन्द्र हुदा दैनिक जम्मा ५० जनाको संख्यामा बिरामी पुग्ने गरेको अस्पतालका मेडिकल सुप्रिटेण्डेण्ट डाक्टर प्रकाश साहले बताए ।जीतपुरसिमरा अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन अप्रेसन थिएटर खोल्ने तयारी भईरहेको छ । स्वास्थ्यम महाशाखा प्रमुख रबि कुमार भास्करले शल्यक्रिया सेवालाई पनि अघि बढाउने तयारी भईरहेको बताउनुभयो । जीतपुरसिमरा अस्पतालमा अब चाडै सर्प दंश उपचार केन्द्र पनि संचालनमा आउने उपमहानगरले जनाएको छ ।३६ जना दक्षजनशक्ति राखेर संचालन भएको जीतपुरसिमरा अस्पताल अहिले जनताको रोजाईमा पर्न थालेको छ ।जीतपुरसिमरा अस्पताल नहुदा कलैया बिरगंज विशेषज्ञ डाक्टरको सेवा लिन पुनु पर्थ्यो तर अहिले बिरगंज र कलैया जानु पर्ने बाध्यता हतेकोले जीतपुरसिमरा बासि खुशी भएका छन् ।

हाल जीतपुरसिमरा अस्पताल अस्थायी रुपमा जीर्ण पुरानो भवनबाट सञ्चालनमा छ । तर स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा अघि बढाउने तयारी अनुरुप जीतपुरसिमरा उपमहानगरपालिकाले अस्पतालको नया भवन निर्माण कार्यलाई तिब्रता दिएको छ । २०७९ सालदेखि निर्माण सुरु भएको उक्त भवनको निर्माण कार्य अहिले तिब्र गतिमा भईरहेको छ । ठेकेदार कम्पनीले २०८१ साल असार १६ गते निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । सम्झौतामा २४ महिनाभित्र निर्माण पूरा गर्नुपर्ने उल्लेख छ ।जीतपुरसिमरा उपमहानगरले जीतपुर स्वास्थ्य चौकी र डुमरवाना स्वास्थ्य चौकीलाई समेत मेडिकल अफिसर राखेर संचालन गरिरहेकोले जीतपुरसिमरा उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रमा फन्को मारिरहेको उदाहरण बनेको छ ।

प्रतिक्रिया दिनुहोस