आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जिल्ला अदालत रौतहटमा पुर्वमन्त्री आलमको सुनवाइ सुरु, साक्षी झिकाउन आदेश

अमित ठाकुर २०८० माघ २८, आईतबार (२ महिना अघि) २२३ पाठक संख्या

रौतहट।मजिल्ला अदालत रौतहटले राजपुर बम कान्डका आरोपी मोहम्मद अफताब आलमको मुद्दा सुनवाइ आज देखि सुरु गरको हो।जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमको मुद्दाको सुनवाइ सुरु गरि साक्षी झिकाउन आदेश दिएको हो।

 

 

आलमविरुद्धको मुद्दामा आज प्रतिवादीको तर्फबाट अधिवक्ता लालबाबु राय, महम्द साबिर हुसेन, मजरुल हक, अफताब आलमले बहस गरेका थियो भने त्यस्तै वादिको तर्फबाट भने अधिवक्ता पुष्प पौडेल र जिल्ला न्यायधिवक्ता बद्री कुमार कार्किले बहस गरेका थिए।

 

 

२०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विष्फोटका घाइतेलाई इँटा भट्टामा जलाएर मारेको अभियोग आलम माथि छ। आलम पुर्पक्षका लागि २०७६ कात्तिक २९ देखि थुनामै छन्। सो घटनामा जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन प्रहरी प्रमुख भुपेन्द्र खत्री २०७६ सालमा पुनः अनुसन्धान गरेको थियो। उनीमाथि १८ कात्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा मुद्दा दायर गरेको थियो। यो मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन्।

 

अालम परिवारको राजनीतिक यात्रा

 

अालमको हजुरबुबा शेख लेयाकत पहिलाको जम्दार थिए। उनको हजुरबुबा लेयाकतले दुई वटा बिहे गरेको थियो। अालमको पहिलो हजुरअामाबाट ३ वटा छोरा पायो। जसमध्ये पहिलोको नाम शेख ईदृस थियो भने दोस्रोको नाम शेख जरनैल भन्ने जहीर थियो भने तेस्रोको शेख सदिप थियो जो अालमको बुवा थियो। अालमको बुवा अंग्रेजी बिषयको मास्टर थियो। त्यसतै दोस्रो हजुरअामाको दुई वटा छोरा थियो। जसमध्ये एकको नाम शेख अनिस र दोस्रोको नाम शेख युनुस थियो।

 

 

शेख युनुसकै छोरीको छोरा पुर्व मन्त्री स्व मुस्ताक अालम थियो। अालमको घरमा राजनीतिक उनको अंकल शेख ईदृसबाट सुरु भयो। ईदृस त्यो समय प्रजा परिसद पार्टीमा थिए। अालम त्यो बेला अाफ्नो पढाइ सकाई अाफ्नो अंकलको पिए थियो ।त्यो समय उनिहरु माथी मुद्दा रहेकोले उनिहरु भारत बिहार राज्यको चैनपुरमा बसिरहेका थिए। पछि सो पार्टी नेपाली कांग्रेसमा परिणत भयो र अालम नेपाली कांग्रेसका बरिस्ठ नेता बन्न सफल भए।

प्रतिक्रिया दिनुहोस