आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कतार च्यारेटीको सहयोगमा किसानलाई साना सिचाई सुबिधा

अमित ठाकुर २०८० माघ २८, आईतबार (२ महिना अघि) २१३ पाठक संख्या

रौतहट। आकासे पानीको भरमा खेति गर्दै आएका रौतहटका १३ जना किसानालाई साना सिचाईको सुबिधा उपलब्ध गराइएको छ । कतार च्यारेटीको सहकार्य र ग्रामिण बिकाश केन्द्र नेपालको आयोजनामा संचालित नेपाल एकीकृत बिकाश कार्यक्रम को क्रममा किसानहरुलाई सो सुबिधा उपल्भ गराएको छ ।

 

 

रौतहट जिल्लाको दुर्गा भगवती ,यमुनामाइ गाउपालिका र गौर नगरापालिकामा संचालित उक्त कार्यक्रमको क्रममा किसानहरुलाई अत्याधुनिक सुबिधा सहितको पम्पहरू जडान गरिएको छ । बिपन्न तथा बन्चितिकरणमा परेका साना किसानहरुलाई लक्षित गर्दै सो परियोजना संचालन गरिएको थियो । किसानहरुले पानि नपरेको बेला अति खर्चिला विधिबाट सिचाई गर्दै आएकोमा अब उपरान्त सिचाई सेवा सस्तो हुने बिस्वास लिएको छ ।

 

 

आवस्यक समयमा पर्याप्य्त सिचाईको ब्यबस्था भएकोले उत्पादन बढ्ने र लागत घट्ने अनुमान गरिएको छ । सानो सानो कृषक समुह बनाई सो सहयोग गरिएको र जडान भएका पम्पहरुबाट दसौ बिघा खेतमा सिचाईको सुबिधा पुगेको कार्यक्रम प्रबन्धक बालकृष्ण झाले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस